नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २२ औ साधारण सभा सम्पन्नt

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २२ औ साधारण सभा मिति २०७८ पुस १७ गते शनिबार, काठमाण्डौ स्थित होटल सिद्धार्थ ईन्टरनेशनलमा सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महसंघका उपाध्यक्ष श्री अन्जन श्रेष्ठको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष श्री हरि प्रसाद भण्डारी ज्यू सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । नेपाल भर रहेका मसलन्द उद्योगीहरुको हकहितका लागि गठन भएको यो सँगठनमा बिराटनगर, जनकपुर, बिरगञ्ज, चितवन, बुटवल, पोखरा, दाङ र नेपालगञ्जदेखि ब्यबसायीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।&nbs....

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघलाई अतिप्रभाबित क्षेत्रमा समाबेस ।t

  बिबिध कारण बस स्टेशनरी उद्योगलाई बैंकर यसोसियसनले छुट्याएको बर्गिकरण मध्य कुनैपनि क्षेत्रमा समाबेस नगरेका कारण नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघले अतिप्रभाबित क्षेत्रमा समाबेस गर्न पहल गर्दै आएको थियो । सोहि दवाब बनोजिम राष्ट्र बैंक को निर्देशनमा स्टेशनरी तथा कपी उद्योगलाई अतिप्रभाबित क्षेत्रमा समाबेस गरेको छ । सोहि निर्णय पछि सबै स्टेशनरी तथा कपी उद्योगीहरुले सरकार र बैंक हरू बाट पाउने COVID-19 का कारण covid package वा पुनर्कर्जा पाउने भएका छन । यो हाम्रो....

लकडाउन पछि केन्द्रिय समिति पदाधिकारी बैठक सम्पन्नt

  मिति २०७७ साल श्रावण महिना को ३ गते नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको केन्द्रिय समिति पदाधिकारी बैठक बस्यो । कोभिड-१९ का कारण मिति २०७६ चैत्र ११ देखि देशले लकडाउनको  सामना गर्नुपर्यो जसबाट कोहिपनि अछुतो रहन सकेन । लकडाउनको समयमा भएको भर्चुअल बैठक बहेक लकडाउन पछिको यो नै नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको पहिलो बैठक हो ।  उक्त बैठक संघका अध्यक्ष श्री रामेश्वर पराजुलीको अध्यक्षतामा, ललितपुरको इमाडोलमा बसेको थियो भने सम्पुर्ण पदाधिकारीहरुको उपश्थित....

केन्द्रीय कार्यसमितिको छैठौ बैठक सम्पन्न ।t

संघको मिति २०७६ माघ ११ र १२ गते केन्द्रीय कार्यसमितिको छैठौ बैठक गौतम बुद्धको जन्मथलो पावन भुमी लुम्बिनी विकास कोषको सचिवालयमा बस्यो। बैठकमा निम्न प्रस्तावमा छलफल गरि निर्णय गरियो । तपशिल १०  कापिको ग्राम, पेज, MRP, साईज राख्ने सम्बन्धमा  कापि उत्पादन गर्दा अधिकतम् खुद्रा मूल्य (MRP) उल्लेख अनिवार्य गर्ने, उत्पादकले अनिवार्य रुपमा कम्पनिको नाम उल्लेख गर्नु पर्ने। यदि कभरको मौजाद भएमा स्टाम्प प्रयोग गर्ने  र आगामी दिनमा कानुनी ब्यवस्था, उपभोक्ता संरक्षण ऐन लगायका नियमहरुको पालना....

बनभोज कार्यक्रम २०७६ सम्पन्नt

२०७६ पुष १९ शनिबार - नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ, काठमाण्डौ क्षेत्रीय समितिद्वारा बनभोज कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा काठमाण्डौका सम्पुर्ण  मसलन्द उद्योगी ब्यबसायीहरुको उपश्थिति रहेको थियो । धुलिखेलको देबिस्थान स्थित रमणीय स्थानमा गरिएको बनभोज कार्यक्रममा खानपीन लगायत परिचय कार्यक्रम, खेलकुद, नाचगान साथै अन्यरोचक कार्यक्रम समेत राखियको थियो भने अन्तमा उपश्थित सदस्यहरु बाट गोलाप्रथा गरि बिजेतालाई पोखरा जानेआउने जहाज टिकाट पुरस्कार समेत बितरण गरिएको थियो ।&n....

केन्द्रिय समिति पदाधिकारी बैठकको निर्णय सम्बन्धि सुचना !!!t

मिति २०७६ मंसिर २० गते बसेको केन्द्रिय समिति पदाधिकारी बैठकको निर्णय अनुसार पुष मसान्त भित्र सम्पपुर्ण बिभाग, प्रदेश समिति तथा क्षेत्रिय समितिले संघ संग सम्बन्धित कुनैन कुनै कार्यक्रम आयोजना गरी सञ्चालन गर्न निर्देशन दिने निर्णय गरियो । साथै ५ नं.प्रदेश समितिको आयोजनामा भेला गराई संगठन, बिस्तार ब्यबसायी छलफछ तथा अन्तरक्रिया कार्यक्रम सफल बनाउने निर्णय गरियो । संघको सम्पुर्ण क्षेत्रिय समितिको आधिकारीक email बनाई सम्बन्धित सचिबको mobile मा SMS गरी पठाईएको छ । संघ संग सम्बन्धित सम्पुर्ण कारोबार सो....

बिभिन्न क्षेत्रीय समितिहरु द्वरा शुभकामना आदान प्रदानकार्यक्रम सम्पन्नt

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ काठमाण्डौ क्षेत्रीय समिति, भक्तपुर क्षेत्रीय समिति र चितवन क्षेत्रीय समितिले २०७६ सालको बडा दशैे, श’भ दिपावली, नेपाल सम्बत तथा छट पर्बको सुखद उपलक्ष्यमा आ  आफ्नो क्षेत्रमा सम्पु’र्ण उद्योगीहरुको भेला गराई आपसमा ब्यबसाय प्रगती तथा परिवारीक सुख सान्तिको कामना गर्दै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरे । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ को देशब्यापी रुपमा भएको बिस्तार पछी सबै क्षेत्रमा प्रत्यक बर्ष आश्विन महिनामा श....

NSEMIA ५ न प्रदेश समिती र बुटवल क्षेत्रीय समितिद्वारा शैक्षिक सामाग्री बितरणt

 मिति २०७६असोज ११ गते नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ -५ न प्रदेश समिती र बुटवल क्षेत्रीय समितिको संयुक्त आयोजनामा  तिनाउ गाउँ पालिका -२  बडहरे भन्ने ठाउँमा रहेको बाल ज्योती प्रा बि मा बिद्यालयका सम्पुर्ण बिद्यार्थिहरुलाई शैक्षिक सामग्री बितरण गरीयो । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ बुटवल  क्षेत्रिय समितिका अध्यक्ष श्री नारायण न्यौपाने को  सभापतित्व रहेको उक्त कार्यक्रममा तिनाउ गाउँ पालिकाका अध्यक्ष श्री ओम बहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थ....

शैक्षिक सामग्री बितरण तथा तेस्रो साधारण सभा सम्पन्नt

आज मिति २०७६ भाद्र २० गते नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ चिलवन नवलपुर क्षेत्रिय समितिको आयोजनामा गैडाकोट १४ स्थित श्री शंख देबि निम्न माध्यामिक बिद्यालयमा बिद्यालयका सम्पुर्ण बिद्यार्थिहरुलाई शैक्षिक सामग्री बितरण गरीयो । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ चिलवन नवलपुर क्षेत्रिय समितिका उपाध्यक्ष श्री केशबराज खनालज्यूको सभापतित्व रहेको उक्तर्यक्रममा नेपाल उद्योग  बिणिज्य महासंघ का कार्यकारिणी सदस्य श्री शुनिल गापाल श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो भने नेपाल मसलन्द....

श्रम ऐन, सामाजिक सुरक्षा योजना र VCTS तालिम कार्यक्रम सम्पन्नt

       नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ काठमाण्डौ क्षेत्रिय समिति र काठमाण्डौ मुद्रण उद्योग संघको सयुक्त आयोजनामा लैनचौर स्थिात लैनचौर बैड्केटमा श्रम ऐन, सामाजिक सुरक्षा योजना र VCTS तालिम  सम्पन्न भयो । नेपाल मुद्रण महासंघका अध्यक्ष श्री पुष्काल गौतम को सभापतित्व रहेको उक्त कार्यक्रममा  नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका अध्यक्ष श्री रामेश्वर पराजुली ज्यू ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । Vehicle Consignment Tracking System (VC....