Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Assumenda, quisquam, culpa, soluta hic aperiam porro ipsum nisi optio necessitatibus commodi dolorum sapiente voluptatem officiis similique maiores!
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas dapibus facilisis cvallis.
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas dapibus facilisis cvallis.
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas dapibus facilisis cvallis.
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas dapibus facilisis cvallis.
२०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चात् २०४७ सालमा मुलुकभरका मसलन्द तथा शैक्षिक सामाग्री उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको हकहित संरक्षण सम्वद्र्धन गर्न र देश भरका शैक्षिक संस्थाको पठनपाठन र सरकारी तथा गैरसरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरु आदिको कार्यालय सञ्चालनका निमित्त आवश्यक मसलन्द तथा शैक्षिक सामाग्रीको उत्पादन गरी सहज सुलभ आपूर्ति गर्नुका साथै रोजगारी सिर्जना गर्दै देशको आर्थिक समृद्धिमा सहयोग गर्ने लक्ष्य लिएर वि.सं. २०४७ सालमा भाद्र २७ गते यो संस्था विधिवत दर्ता भएको हो ।
स्थापनाकालदेखि नै यस संघले स्वदेशी उद्योगको विकास, विस्तार गर्दै स्वदेशी उत्पादनहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मूल नारा लिएर समाज एवं तत्कालीन सरकारलाई सचेत गर्दै स्वदेशमै उत्पादित मसलन्द सामाग्रीहरु कार्यालयहरुमा प्रयोग गर्न प्रोत्साहित गरिएको हो भने विद्यालय र कलेजका विद्यार्थीहरुले प्रयोग गर्ने कापी तथा विभिन्न शैक्षिक सामाग्रीहरु पनि स्वदेशमै उत्पादित बस्तुहरु प्रयोग गराउन सक्षम भएको हो ।
नेपालको कागजजन्य शैक्षिक सामाग्री र मसलन्द सामग्रीहरुको बजारलाई फर्केर हेर्ने हो भने आजभन्दा केही वर्ष पहिला नेपालको बजार पूर्णरुपमा भारतमा उत्पादित बस्तुहरु (कापी, रजिष्टर, डेबुक, लेजर, नोटबुक आदि) पाइन्थ्यो भने आज संघको निरन्तर प्रयास, उद्योगी मित्रहरुको मेहनत र शुभचिन्तकहरुको सामुहिक सहयोगको कारणबाट आज तत्सम्बन्धी भारतीय बस्तुहरुको बिस्थापित भै स्वदेशमै उत्पादित मसलन्द तथा शैक्षिक सामाग्रीहरु नेपाली बजारमा उपलब्ध छन् ।
यसलाई संघको ठूलो उपलब्धिको रुपमा लिएका छाँै । कुनै पनि संस्था स्थापना गर्नुभन्दा पनि निरन्तर क्रियाशील भइरहनु अत्यन्त कठीन विषय हो ।
यस संघलाई विभिन्न कठीन परिस्थितिका बाबजुद संस्थापकज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, सरोकारवालाहरु र शुभेच्छुक महानुभावहरुको अथक प्रयासबाट यो संस्थाले आज रजत वर्ष मनाउन पाएको छ । यस मसलन्द उद्योग संघ सुरुमा स्व. श्री जीवनकुमार मास्केज्यूको नेतृत्वमा श्री जयप्रकाश अग्रवाल, श्री दिनेश श्रेष्ठ, श्री प्रयासचन्द्र पौडेल, श्री रामऔतार रुङता, श्री श्यामसुन्दर गुप्ता, श्री शम्भूकुमार थापाज्यूलगायतको सक्रियतामा यो संघको स्थापना भएको हो । २०४७ सालदेखि २०७४ सालसम्मको यात्रामा स्व. जीवनकुमार मास्केज्यू, श्री दिनेश श्रेष्ठज्यू र श्री प्रयासचन्द्र पौडेलज्यूले नेतृत्व लिइसक्नुभएको छ । यस संघले २५ बसन्त पार गरी २०७४ सालसम्म आइपुग्दा देशको धेरै राजनैतिक परिवर्तन सँगसँगै बजार एवं व्यवसायीहरुको सोँच परिवर्तन भैसकेको हुँदा आज यस संघमा पनि केही सुधार गर्नुपर्ने अनुभूति हामी सबैले गरेका छाँै । जुन आजको माग र आवश्यकता पनि हो, जसअनुसार केही सुधार पनि भएका छन् । जसको फलस्वरुप यस संघले २०७३ सालदेखि उत्पादकत्व वृद्धि गर्नुका साथै आयातित बस्तुहरुसँग अझ प्रतिस्पर्धी गर्ने क्षमता विकासका कार्यक्रमहरु गर्दै नेतृत्वमा समेत आमूल परिवर्तन ल्याउन सफल भएको छ ।
यो संघ कुनै व्यक्तिको नभै हामी यस पेशा अंगाल्ने सबै नेपालीको साझा फूलबारी रहेको हुँदा नयाँ जोश र जाँगरका साथ प्रवेश गर्न चाहनुहुने सबै राष्ट्रिय तथा क्षेत्रीय कापी उद्योग संघहरुलाई समाहित गर्दै संघलाई अपनत्वको भावना राख्दै वृहतरुपमा अघि बढेको छ ।