मिति २०७६असोज ११ गते नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ -५ न प्रदेश समिती र बुटवल क्षेत्रीय समितिको संयुक्त आयोजनामा तिनाउ गाउँ पालिका -२ बडहरे भन्ने ठाउँमा रहेको बाल ज्योती प्रा बि मा बिद्यालयका सम्पुर्ण बिद्यार्थिहरुलाई शैक्षिक सामग्री बितरण गरीयो । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ बुटवल क्षेत्रिय समितिका अध्यक्ष श्री नारायण न्यौपाने को सभापतित्व रहेको उक्त कार्यक्रममा तिनाउ गाउँ पालिकाका अध्यक्ष श्री ओम बहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रिय सदस्य मेख बहादुर अधिकारी, केन्द्रिय सदस्य लक्ष्मण न्यौपानेको बिशिस्ट आतिथ्यता तथा अरु धेरै संघ संस्था का प्रमुख र प्रतिनिधीहरुको उपश्थिती रहेको थियो । उपश्थिात सबैअतिथिहरुलाई बालबालिकाहरुले तेज पत्तिका पातद्धारा बनाईएका माला अनि अबिरले सम्मान गरेका थिए । सम्पुर्ण बिद्यार्थिहरुलाई १/१ थान झोला, अभ्यास पुस्तिका, पेनसिल साथै खेलकुदका सामाग्री बितरण गरिस्को थियो । विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्दा बाल बालिकाहरुको आखामा देखियको खुसिले हर्षको शिमा रहेन ।
उक्त कार्यक्रममा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ केन्द्रिय सदस्य लक्ष्मण न्यौपानेले स्वागत मनतब्य ब्यक्त गर्नुभएको थियो भने तिनाउ गाउँ पालिकाका अध्यक्ष श्री ओम बहादुर घर्तीले शैक्षिक सामाग्री को अभाबमा शिक्षाको उज्यालो बाट बन्चित नहोउन भन्ने उद्देश्य राखेर यस ठाउमा यहाँँहरुले ठूलो हृदय बनाएर बिद्यार्थिहरुलाई पुर्याउनुभएको सहयोगप्रति आभार ब्यक्त गर्दै धन्यबाद ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रिय सदस्य मेख बहादुर अधिकारीले उद्योग ब्यासायीहरु नाफा कमाउनेतर्फ मात्र नलागेर सामाजिक उत्तरदाईत्वमा सहभागिहुदै आएको बताउदै बिद्यार्थिहरुलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्तगर्नुभयो । संघका प्रदेश सचिब कमल नेपाल,गाउँपालिकाका प्रबक्ता एवं वढा अध्यक्ष राजेश श्रेष्ठ, बिद्यालय ब्यबश्थापन समितीका सदस्य राम बहादुर पल्ली, बिद्यालयका प्र.अ. बिनोद गाहा र नेपाल मुद्रण महासंघका केन्द्रिय सदस्य श्री गिरीराज गैरे लगायतले शैक्षिक क्षेत्रका समस्या समाधानका बिषयमा आफ्नो मन्तब्य राखेका थिए ।