संघको मिति २०७६ माघ ११ र १२ गते केन्द्रीय कार्यसमितिको छैठौ बैठक गौतम बुद्धको जन्मथलो पावन भुमी लुम्बिनी विकास कोषको सचिवालयमा बस्यो। बैठकमा निम्न प्रस्तावमा छलफल गरि निर्णय गरियो ।
तपशिल
१० कापिको ग्राम, पेज, MRP, साईज राख्ने सम्बन्धमा कापि उत्पादन गर्दा अधिकतम् खुद्रा मूल्य (MRP) उल्लेख अनिवार्य गर्ने, उत्पादकले अनिवार्य रुपमा कम्पनिको नाम उल्लेख गर्नु पर्ने। यदि कभरको मौजाद भएमा स्टाम्प प्रयोग गर्ने र आगामी दिनमा कानुनी ब्यवस्था, उपभोक्ता संरक्षण ऐन लगायका नियमहरुको पालना गर्दै उत्पादनमा ग्राम ,पेज, साईज उल्लेख गर्नु गराउनुहुन संघ उद्योगी महानुभावहरुमा प्रोत्साहन र हार्दिक अनुरोध गर्दछ।
२। ४५ दिने उधारो कार्यान्वयन सम्बन्धमा कारोवार गर्दा सकेसम्म उधारो नगर्ने यदि गर्नै पर्नै भएमा बढिमा ४५ दिन भित्रमा भुक्तानी हुने गरि कारोवार गर्ने र गराउने निर्णय गरियो ।साथै एक उद्योगीको बाँकि नउठिरहेको अबश्थामा अर्को उद्योगीले निज ब्यापारीसंग कारोबार नगर्नु नगराउनुहुन अनुरोध गर्दछ ।
३। नेपाल उद्योग वाणिज्य महासंघको साधारण साभामा प्रतिनिध पठाउने सम्बन्धमा यहि मिति २०७६ साल चैत २८ र २९ गते काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा सहभागी हुनको लागि र केन्द्रीय कार्यसमितिको उमेरदवारको लागी मुख्य प्रतिनीधिमा संघका निवर्तमान अध्यक्ष श्री सुनिल गोपाल श्रेष्ठज्युलाई र अतिरिक्त प्रतिनीधिको लागि संघका अध्यक्ष श्री रामेश्वर पराजुलीज्युलाई पठाउने सर्वसहमतले निर्णय गरियो। संघको तर्फबाट बनाईएको उमेरदारलाई अत्याधिक मतले बिजयी गराउन लागि संघ सबैमा हार्दिक अनुरोध गर्दछ।
४। विविध सम्बन्धमा
संघका के.स. श्री शिवराज लामिछाने श्री माध्यमिक विद्यालयको स्कुल ब्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित, त्यस्तै संघका के.स. श्री गोपाल प्रसाद गैरे चितवन उद्योग संघको जिल्ला कार्यसमितिमा निर्वाचित हुनु भएकोमा उहाँहरुको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिईयो। साथै संघको यस बैठक सभ्य भब्य बनाउनको लागि अवस्मरणिय आतिथ्यता दिनुहुने संघका के.स. मेख बहादुर अधिकारी, लक्ष्मण न्यौपाने प्रदेश नं ५ का अध्यक्ष कमल भन्डारी, सचिव कमल नेपाल लगायत सम्पूर्ण प्रदेश समिति, क्षत्रीय समितिहरु,प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने उद्योगी ब्यवसायीक महानुभावहरु, लुम्बिनि विकास कोष लगायत सम्पुर्णमा संघ हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछ। त्यस्तै प्रदेश नं ५ को ब्यवसायिक भेला कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० को समेत अवसर पारेर गरिएको उत्कृष्ट रहयो । त्यसैगरि संघका के.स. श्री गंगा बहादुर अधिकारीज्युको ममताममयी माताको निधनले संघ गहिरो दुस्ख ब्यक्त गर्दछ । यस दुखद घडीमा संघ मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्वान्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरियो।
धन्यवाद