नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २२ औ साधारण सभा मिति २०७८ पुस १७ गते शनिबार, काठमाण्डौ स्थित होटल सिद्धार्थ ईन्टरनेशनलमा सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महसंघका उपाध्यक्ष श्री अन्जन श्रेष्ठको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष श्री हरि प्रसाद भण्डारी ज्यू सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । नेपाल भर रहेका मसलन्द उद्योगीहरुको हकहितका लागि गठन भएको यो सँगठनमा बिराटनगर, जनकपुर, बिरगञ्ज, चितवन, बुटवल, पोखरा, दाङ र नेपालगञ्जदेखि ब्यबसायीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । 
२०४७ साल भदौ २७ गते दर्ता भएको यस संघमा अहिले सम्म ३७५ उद्योगीहरु संघमा आबद्ध छन् । संघको ५ प्रदेश समिति , ८ क्षेत्रिय समिति र १ केन्द्रिय समिति गरि १४ ओटा समिति बनाई देशमा छरिएर रहेका सम्पूर्ण उद्योगीहरुको उत्थानकालागि सरकार सँग समन्वय गर्ने, बार्गेनिङ गर्ने र नियम कानुन बनाई कार्यान्वयन गर्ने कार्यमा आफ्नो भुमिका निर्बाह गर्दै आएको छ ।
संघका महासचिब श्री प्रकाश श्रेष्ठद्धारा सन्चालन गरिएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासँघका कोषाध्यक्षल सकुन्त लाल हिराचन, संघका पूर्ब अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासँघका का पूर्ब कार्यकारिणी सदस्य श्री सुनिल गोपाल श्रेष्ठ र प्रयास चन्द्र पौडेल, नेपाल मुद्रण संघका अध्यक्ष, नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघका उपाध्यक्ष , राष्ट्रिय ब्यापार संघका सचिब तथा नेपाल बार एसोसियसनका केन्द्रिय सदस्य श्री खिमानन्द अधिकारीको समेत उपस्थिति थियो ।
संघका पूर्ब अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब कार्यकारिणी सदस्य श्री सुनिल गोपाल श्रेष्ठ र प्रयास चन्द्र पौडेलले मन्तब्य दिनु भएको थियो । मन्तब्यको क्रममा सुनिल गोपाल श्रेष्ठले हालको भन्सार करमा भएको बर्तमान दरलाई परिबर्तन नगर्ने हो भने नेपाली मसलन्द उद्योगीहरु मारमा पर्ने भएकोले समयमानै भन्सार दर परिबर्तन गर्न पहल गर्न संघलाई सुझाउनु भयो । नेपाल उद्योग वाणिज्य महासँघका कोषाध्यक्ष सकुन्त लाल हिराचनले नेपालमा उद्योग संचालन गर्न प्रशस्त पुजीँ भएको तर त्यसको उचित ब्यबस्थापन नभएको कुरा बताउनुभयो साथै नेपाल उद्योग वाणिज्य महासंघ सँग मिलेर कार्य गर्न र उद्योगी ब्यबसायीलाई हितहुने कार्यक्रम गर्ने योजना अएमा सहयोग गर्ने बचन दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघले बनाउन लागेको आफ्नै भबनमा स्थानहरु खाली रहेकोले आवश्यकता अनुसार समयमानै ठाउँ बुक गर्न समेत अनुरोध गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य महासँघका उपाध्यक्ष श्री अन्जन श्रेष्ठले देशलाईनै उद्योगमैत्री बनाउनु संघ लागी परेको र सरकार संग हाम्रो पहल निरन्तर चलिरहेको बताउदैँ यो नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ सबै बस्तुगत सँघ भन्दा उत्कृष्ट रहेको कुरा बताउनु भयो । संघले गरेको ब्यबसायी हितका कार्य जस्तै सम्पूर्ण सदस्यको दुर्घटना बिमा, उद्योग दुर्घटना भएमा राहत दिने उद्धेश्यले खोेल्न थालिएको उद्योग राहत अक्षयकोष लगाएतका कामहरु प्रसँशायोग्य भएको  कुरा बताउनुभयो ।
कार्यक्रममा संघका बरिष्ट उपाध्यक्ष श्री खिमनाथ फुयालका स्वागत मन्तब्य र द्धितिय अध्यक्ष श्री मेख अधिकारीज्यूको धन्यबाद मन्तब्यका साथै उपस्थित अतिथि एबं बस्तुगत संघका पदाधिकारीज्यूहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । 
कार्यक्रको पहिलो सेसन सकिएपछी दोस्रो सेसनमा महासचिबको प्रतिबेदन र कोषध्यक्षको प्रतिबेदन माथि छलफल गरी प्रतिबेदन अनुमोदन गरियो भने तेस्रो सेसनमा उद्योग ब्यबसायीहरुलाई उत्साह बढाउन Motivational Speaker  श्री नर बहादुर कार्कीज्यूबाट ३ बजेदेखि ६ बजेसम्म उद्योगीहरुलाई उत्साह दिने Motivational Speech दिईएको थियो ।