नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ काठमाण्डौ क्षेत्रिय समिति र काठमाण्डौ मुद्रण उद्योग संघको सयुक्त आयोजनामा लैनचौर स्थिात लैनचौर बैड्केटमा श्रम ऐन, सामाजिक सुरक्षा योजना र VCTS तालिम सम्पन्न भयो । नेपाल मुद्रण महासंघका अध्यक्ष श्री पुष्काल गौतम को सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका अध्यक्ष श्री रामेश्वर पराजुली ज्यू ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । Vehicle Consignment Tracking System (VCTS), को प्रशिक्षण का लागि राजश्व अनुसंधान बिभागका निर्देशक श्री टंक पाण्डे निर्देशक श्री राम प्रसाद रेग्मी र कम्प्यूटर इन्जिनियर श्री सुरेश बस्यौला को उपश्थिति रहेको थियो भने नेपाल उद्योग महसंघका उप महानिर्देशक श्री हस राम पाण्डे ज्यूले श्रम ऐन तथा योगदानमा आधारीत सामाजिक सुरक्षा योजना बिषयमा प्रशिक्षण दिनुभएको थियो । १५० उद्योगी हरुको उपश्थितिरहेको उक्त तालिममा हालै सरकारले लागु गरेको श्रम ऐन, सामाजिक सुरक्षा योजना र VCTS को बारेमा सम्पुर्ण उद्योगीहरुले जानकारी लिएर लाभान्बित भएको कार्यक्रमका सभापति तथा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष श्री पुष्काल गौतमले बताउनुभयो । संघले नेपाल सरकारको ऐन तथा नियमको बारेमा जानकारी मुलक तालिम राखेर हामि उद्योगीहरुलाई समयमानै सचेत गराएकोले खुसि लागेको कुरा उपश्थित महानुभाहरुले जानकारी दिनुभयो । सरकारको नियम जान्दिन भन्न पाइने तर मान्दिन भन्न नपाईने अबश्था भएकोले यो कार्यक्रमले सबै उद्योगीहरु सचेत रहने परिश्थिति बनेको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका महासचिब राम कुमार रायमाझिले जानकारी दिनुभयो । कार्यक्रममा FNCCI का कार्यकारिणी सदस्य शुनिल गापाल श्रेष्ठ नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ का बरीष्ठ उपाध्यक्ष हरी भण्डारी र काठमाण्डौ मुद्रण उद्योग संघ का अध्यक्ष घन नारयण श्रेष्ठले आफ्नो मनतब्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख राजश्व अनुसंधान अधिकृत राजन बि सि को समेत उपश्थिति रहेको थियो ।