२०७६ पुष १९ शनिबार - नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ, काठमाण्डौ क्षेत्रीय समितिद्वारा बनभोज कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा काठमाण्डौका सम्पुर्ण  मसलन्द उद्योगी ब्यबसायीहरुको उपश्थिति रहेको थियो । धुलिखेलको देबिस्थान स्थित रमणीय स्थानमा गरिएको बनभोज कार्यक्रममा खानपीन लगायत परिचय कार्यक्रम, खेलकुद, नाचगान साथै अन्यरोचक कार्यक्रम समेत राखियको थियो भने अन्तमा उपश्थित सदस्यहरु बाट गोलाप्रथा गरि बिजेतालाई पोखरा जानेआउने जहाज टिकाट पुरस्कार समेत बितरण गरिएको थियो । 
उक्त कार्यक्रममा काठमाडौ क्षेत्रिय समिति अध्यक्षले सबैलाई स्बगतगर्दै ब्यबसायी थकान लाई भुलेर बनभोजकार्यक्रममा रमाउन अनुरोधगर्दै उपश्थित हुनुहुने सबैमा धन्यबाद ब्यक्त गर्नुभएको थियो भने केन्द्रिय बरिष्ठ उपाध्यक्ष ज्यूले यो कार्यक्रम नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ को काठमाण्डौमा गरिएको पहिलो बनभोज कार्यक्रम भएको र यो एतिहासिक कार्यक्रमले उद्योगीहरु बिच परिचय एवं ब्यबसाय प्रबर्धनमा समेत टेवा पुग्नुका साथै सबै उद्योगी हरुमा आत्मियता बढ्ने कुरा ब्यक्त गर्नुभयो । 
 चिसोका बाजुत पनी काठमाडौका सबै उद्योगीहरुको उपश्थितिले बनभोजको रौनक बढाएको थियो ।