बिबिध कारण बस स्टेशनरी उद्योगलाई बैंकर यसोसियसनले छुट्याएको बर्गिकरण मध्य कुनैपनि क्षेत्रमा समाबेस नगरेका कारण नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघले अतिप्रभाबित क्षेत्रमा समाबेस गर्न पहल गर्दै आएको थियो । सोहि दवाब बनोजिम राष्ट्र बैंक को निर्देशनमा स्टेशनरी तथा कपी उद्योगलाई अतिप्रभाबित क्षेत्रमा समाबेस गरेको छ । सोहि निर्णय पछि सबै स्टेशनरी तथा कपी उद्योगीहरुले सरकार र बैंक हरू बाट पाउने COVID-19 का कारण covid package वा पुनर्कर्जा पाउने भएका छन । यो हाम्रो संघको पहलमा भएको महत्वपूर्ण  उपलब्धि हो , संघका महासचिव रामकुमार रायमझीले बताउनु भयो ।