मिति २०७७ साल श्रावण महिना को ३ गते नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको केन्द्रिय समिति पदाधिकारी बैठक बस्यो । कोभिड-१९ का कारण मिति २०७६ चैत्र ११ देखि देशले लकडाउनको सामना गर्नुपर्यो जसबाट कोहिपनि अछुतो रहन सकेन । लकडाउनको समयमा भएको भर्चुअल बैठक बहेक लकडाउन पछिको यो नै नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको पहिलो बैठक हो ।
उक्त बैठक संघका अध्यक्ष श्री रामेश्वर पराजुलीको अध्यक्षतामा, ललितपुरको इमाडोलमा बसेको थियो भने सम्पुर्ण पदाधिकारीहरुको उपश्थितिमा बेठक सम्पन्न भयो । बैठक मा बिभिन्न समसामयीक बिषयमा छलफल हुनुका साथै आ.ब. २०७७र७८ को बजेटले रुलिङ्ग पेपरमा भन्सार बढाएका कारण उद्योगीहरुलाई पर्ने प्रभाबका बारेमा छलफल भयो । साथै नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको नेतृत्वमा अन्य मुलुकबाट कागज (कच्चा पदार्थ) आयात गरी रुलिङ्ग गरेर नेपालमा बितरण गर्ने ब्यवसायीहरु संग मिति २०७७ साल श्रावण महिना भित्रमा बैठक बसेर आवश्यक ब्यवसायी बिषयमा छलफल गर्ने निर्णय गरियो ।
नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका निबर्तमान अध्यक्ष्य तथा उद्योग वाँणिज्य महासंघका कार्यकारीणी सदस्य श्री शुनिल गोपल श्रेष्ठज्यूको समेत उपश्थितती रहेको उक्त बैठकमा, उद्योग वाँणिज्य महासंघको यहि श्रावण महिनाको २६ र २७ गते हुन गैरहेको निर्बाचनमा पुन: उहाँ ले उद्योग वाँणिज्य महासंघको कार्यकारीणी सदस्य पदमा उमेदेवारी दिनुभएकोले उहाँलाई अत्यधिक बहुमतले बिजय गराउन संघले सहयोग गर्ने बिषयमा समेत छलफल भाएको थियो ।
उक्त बैठकले गरेका अन्य निर्णयहरु तल बिस्तारमा प्रश्तुत गरीएको छ ।
१) संघको क्षेत्र, प्रदेश र विभागका बैठकहरु बस्ने सम्बन्धमा : –
संघको तत् तत् क्षेत्र, प्रदेश र विभागका बैठकहरु सकेसम्म भौतिक रुपमा र संभब नभएमा भर्चुअल बैठक भएपनि मिति २०७७ साल श्रावण मसान्त सम्ममा सम्पन्न गरी बैठकका निर्णय पुस्तिकाहरु केन्द्रमा पठाउने निर्णय भएकोहुदा कार्यान्वयनको लागि अनुरोध छ ।
२) आ.व. २०७७।७८ सालको सदस्यता नबिकरण सम्बन्धमा : –
केन्दका कोषाध्यक्ष ज्यूले नबिकरणको सुचि बिवरण सहित सबै क्षेत्र प्रदेश र विभागमा पठाउनु हुन्छ । उक्त बिवरणका आधारमा आ.व. २०७७।७८ को सदस्यता मिति २०७७ साल असोज मसान्त सम्ममा नबिकरण गरि केन्द्रमा पठाउनुहुन अनुरोध छ ।
३) रुलिङ् कागज र लाइनोमेट्रिक ब्यवसायीहरुका बैठक सम्बन्धमा : –
नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको नेतृत्वमा अन्य मुलुकबाट कागज (कच्चा पदार्थ) आयात गरी रुलिङ्ग गरेर नेपालमा बितरण गर्ने ब्यवसायीहरु संग मिति २०७७ साल श्रावण महिना भित्रमा बैठक बसेर आवश्यक ब्यवसायी बिषयमा छलफल गर्ने निर्णय गरियो ।
४) आर्थिक र बिज्ञापन सम्बन्धमा : –
आ.ब. २०७७।७८ सालमा संघ र बिभिन्न उद्योगी ब्यवसायीहरु बिचमा भएका बिभिन्न ब्यवसायीक बिज्ञापनका सम्झौताहरु को लिन बाँकि रकम छिटो भन्दा छिटो संकलन गर्ने र वेबसाइटमा भएको बिज्ञापनलाई ब्यवसायीले संघमा निबेदन दिई पुनः नबिकरण गर्न अनुरोध गरेमा संघले निर्णय गरेर राख्ने र अन्यथा त्यस लाई म्याद सकिएको अबश्थामा संघको वेबसाईट बाट हटाई सम्बद्ध ब्यक्ति वा संस्थालाई जानकारी गराउने ।
५) आ.ब. ०७७।७८ सालको मौद्रीक निति सम्बन्भमा : –
मिति २०७७ श्रावण २ गते नेपाल राष्द्र्र बैंक बाट जारि गरिएको आ.ब. २०७७।०७८ सालको मौद्रिक नितिमा हामि उद्योगी/ब्यवसायीहरुको कोबिड -१९ को कारणले पारेको प्रभावलाई सम्बोधन गर्ने गरि हाम्रो माग र समस्यालाई धेरैजसो सम्बोधन भएकोले नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ हार्दिक स्वागत गर्दछ । साथै हामी उद्योगी ब्यवसायी खुसी र उत्साहित भएका छौ ।
६) भर्चुअल बैठकलाई मान्यता दिने सम्बन्धमा : –
कोबिड -१९ को प्रभाव अझै हटिनसकेको कारण संघ र संघ संग सम्बन्धित भैपरिआउने र निर्णय गर्नै पर्ने बिषयमा संघका तत् तत् समितिहरुले सकेसम्म भेटघाट सहितका बैठक राख्ने, यदि सम्भव नभएमा भर्चुअल (श्रब्य/दृश्य) सहितको बैठको निर्णयलाई पनि औपचारीक मान्यता दिने निर्णय गरियो । उक्त निर्णय कोरोनाको अबस्था सामान्य नभए सम्मको लागि मात्र मान्य हुने छ ।
अन्तमा सबै क्षेत्र प्रदेश र विभागहरुलाई उक्त निर्णय पुस्तिका अध्ययन गरी प्रभावकारी कार्यान्वयन गर्नु/गराउनु हुन हार्दिक अनुरोध गरिन्छ ।