आज मिति २०७६ भाद्र २० गते नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ चिलवन नवलपुर क्षेत्रिय समितिको आयोजनामा गैडाकोट १४ स्थित श्री शंख देबि निम्न माध्यामिक बिद्यालयमा बिद्यालयका सम्पुर्ण बिद्यार्थिहरुलाई शैक्षिक सामग्री बितरण गरीयो । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ चिलवन नवलपुर क्षेत्रिय समितिका उपाध्यक्ष श्री केशबराज खनालज्यूको सभापतित्व रहेको उक्तर्यक्रममा नेपाल उद्योग  बिणिज्य महासंघ का कार्यकारिणी सदस्य श्री शुनिल गापाल श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो भने नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ का  अध्यक्ष श्री रामेश्वर पराजुली बिशिष्ठ अतिथीको रुपमा उपश्थिती रहनुभएको थियो । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ चिलवन नवलपुर क्षेत्रिय समितिका अध्यक्ष श्री शिबराज लाभिछाने भने अस्वस्थताका कारण उपश्थित हुन सक्नुभएन तर अन्य  सम्पुर्ण सदस्यहरुको उपश्थितिरहेको उक्त कार्यक्रममा अतिथिमा गैडाकोट न. पा. १४ वडा का वडा अध्यक्ष श्री कोकिसरा रानाभाट, नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ प्रदेश नं. ३ का अध्यक्ष श्री रुद्र सुबेदी, नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ केन्द्रिय सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख श्री प्रकाश श्रेष्ठ तथा केन्द्रिय सदस्य श्री गोपल गैरे र बिद्यालय ब्यबश्थापन समितिका अध्यक्ष श्री जगबहादुर गल्याड को उपश्थिाती रहेको थियो । जम्मा १३० बिद्यार्थीहरु रहेको उक्त स्कुलमा सम्पुर्ण बिद्यार्थीहरुलाई १ बर्षलाई पुग्ने कपी तथा शैक्षीक सामग्री निशुल्क बितरण गरिएको थियो। मन्तब्यको क्रममा स्कुलका प्रध्यानाध्यपक श्री जगदिश पोख्रेलले श्री शंख निम्न माध्यामिक बिद्यालय, गैडाकोट न. पा. कै पिछडिएको ठाउमा रहेका स्कुल भएको र स्कुलको आम्दानिको श्रोत समेत न्यून रहेको अबश्थामा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ ले सम्पुर्ण बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेकोमा हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो । साथै बडा अध्यक्ष श्री कोकिसरा रानाभाटले अबिभाबकहरुको आय आर्जन कम भएको यस ठाउमा यहाँँहरुले ठूलो हृदय बनाएर बिद्यार्थिहरुलाई पुर्याउनुभएको सहयोगप्रति आभार ब्यक्त गर्दै धन्यबाद ब्यक्त गर्नुभयो ।
सोहि दिन शैक्षिक सामग्री बितरण कार्यक्रम पश्चात नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ चिलवन नवलपुर क्षेत्रिय समितिको तेस्रो साधारण सभा सम्पन्न भयो । रेड हाउस जड्गल रिसोर्ट, अमरापुरी मा आयोजना गरीयको उक्त कार्यक्रममा सचिबको र कोषाध्यक्षको प्रतिबेदन पश्चात नेपाल उद्योग तथा बिणिज्य महासंघ का कार्यकारिणी सदस्य श्री शुनिल गापाल श्रेष्ठ ज्यू र नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ का  अध्यक्ष श्री रामेश्वर पराजुली ज्यू ले बोल्नुभएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रिय सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख श्री प्रकाश श्रेष्ठले उधारो नियन्त्रण गर्न बनाएको वेबसाइट प्रयोग बिधि बारे प्रशिक्षण दिनुभएको थियो ।