मिति २०७६।२।३२
काठमाडौ क्षेत्रीय समिति द्वारा एकदिने ब्यबसायी अभिमुखिकरण एबं संघको वेब साइट प्रयोग बिधि सम्बन्धि कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा काठमाडौ क्षेत्र अन्तर्गतका सम्पुर्ण कपि तथा स्टेशनरी उद्योग ब्यबसायीहरु को उपश्थिति रहेको थियो ।  मुख्य ३ उद्देश्य राखेर संचालन गरेको यस कार्यक्रममा काठमाडौ क्षेत्र अन्तर्गतका संघमा आबद्ध सम्पुर्ण सदस्यहरुलाई यस संघको वेबसाईड को username र password बितरण गरि वेबसाईड को सिस्टम चलाउन सिकाइएको थियो । साथै सम्पुर्ण उद्योगीको समस्या पहिचान गरी समाधानको बाटो पहिल्याउने र केन्द्रिय समितिलाई सिफरिस गर्ने योजना अनुरुप सदस्यहरुको ४ बटा ग्रुप बिभाजन गरि उद्योगका समस्या र समाधान बिषयमा लिखित सुझब संकलन गर्याे । उक्त कायक्रममा  १ न ग्रुप बाट न्यू गुडविल कपि उद्योग का  श्री हरि कुमार कार्कि, २ नं. ग्रुप बाट दोर्जे कपि उद्योग का श्री चन्द्रमान तामाड., ३ नंं ग्रुप बाट सृजना कपि उद्योगका श्री निर्मल पन्त र ४ नं. ग्रुप बाट यच डि कपि उद्योग का श्री रघु पण्डित ले प्रकाश पार्नु भएको थियो । संकलित सुझबहरु क्षेत्रले केन्द्रिय समितिमा पेश गरि कार्यान्वयनको लागि सिफारीस गर्ने कुरा कायक्रमका सभापति तथा काठमाडौ क्षेत्रीय समितिका अध्यक्ष श्री प्रकाश श्रेष्ठ ले जानकारि दिनुभयो । उद्योग बाँणिज्य महासंघका कायकारिणि सदस्य श्री शुनिल गोपाल श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बिशेष अतिथि संघका अध्यक्ष श्री रामेश्वर पराजुली र अतिथिहरुमा संषका बरिष्ठ उपाध्यक्ष श्री हरि भण्डारी, प्रथम उपाध्यक्ष श्री मुकुन्द अधिकारी,  द्वितिय उपाध्यक्ष निमानाथ फूयाल महासचिब राम कुमार रायमाझी, उपमहासचिब बिजेन्द्र बिक्रम शाह, कोषाध्यक्ष श्री राजेन्द्र तामाड् सहकोषाध्यक्ष श्री टुक नारायण अर्याल र सदस्यहरु साथै प्रदेश नं. ३ का पदाधिकारीहरु को उपश्थिती रहेको थियो । सोहि कार्यक्रममा भक्तपुर जिल्लाका उद्योगीहरुको उपश्थितीमा अध्यक्ष श्री रघु पणित सहित ९ सदस्यीय भक्तपुर क्षेत्रीय समिति गठन भयो । कार्यक्रममा प्रमुख अतिथि शुनिल गोपाल श्रेष्ठ, अतिथिहरु श्री रामेश्वर पराजुली श्री हरी भण्डारी र श्री राम कुमार रायमाझी ले बोल्नु भएको थियो ।