२०७६ जेष्ठ १९ गते मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ को आयोजनामा सामाजिक उत्तरदाईत्व अन्तर्गत बाल बिनोद मा.बि. ललीतपुर का २०० बिद्यार्थिहरुलाई कपि बितरण गरियो । मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ को साकाजिक सेवा तथा रचनात्मक बिभाग को अग्रसरता तथा कपि उद्योगीहरुको सहयोगमा कपि संकलन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मा उद्योग बाणिज्य महा संघका कार्यकारिणी सदस्य तथा सामाजिक सेवा फोरमका सभापति जय सिबाकोटि हुनुहुन्थ्यो भने मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ का अध्यक्ष श्री रामेश्वर पराजुली, निबर्तमान अध्यक्ष श्री शुनिल गोपाल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष श्री हरि भण्डारी, प्रथम उपाध्यक्ष श्री मुकुन्द अधिकारी, उपमहासचिब बिजेन्द्र बिक्रम शाह, कोषाध्यक्ष श्री राजेन्द्र तामाड् र सदस्य तथा काठमाडौ क्षेत्रीय समितिका अध्यक्ष प्रकाश श्रेष्ठ को उपश्थिती रहेको थियो । उक्त कार्यक्रममा बाल बिनोद मा.बि. ललीतपुर का प्रध्यापक माधब प्रसाद खतीवडा र स्कुल ब्यबस्थापन समितिका अध्यक्ष राजन कर्माचार्य ले आयोजक लाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।