नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ केन्द्रिय कार्यसमितीको बैठक  मिति २०७६ ज्येष्ठ २४ र २५ गते पोखरामा संघका अध्यक्ष रामेश्वर पराजुलिको अध्यक्षतामा सम्पन्न भएको छ।बैठकले धेरै महत्त्वपूर्ण निर्णयहरु गरेको छ।ति महत्वपूर्ण निर्णयहरू निम्न बमोजिम रहेको छ ।

१) कापिको गुणस्तर सुधार गर्ने बिषयमा व्यापक छलफल भएको छ।कापिको साइज,पेज,मार्केट रेटेल प्राइस(MRP),र ग्राम उल्लेख गर्न सबै प्रदेश र क्षेत्र मार्फत सुझाब माग्ने निर्णय भएको छ।सबै प्रदेश र क्षेत्रको बैठक कम्तिमा ५१% सदस्यको उपस्थितिमा छलफल गरि केन्द्रमा पठाउने र उक्त सुझाबको आधारमा निर्णय गर्ने।

२) लायोनोमेटिक रुलिङ पेपरमा सिट र ग्राममा व्यापक गुनासो आएको छ।जस्तै भन्दा ५८ ग्राम भन्ने तर ५७ वा ५६ ग्राम हुने, रिममा ५०० सिट हुनु पर्नेमा कमि हुने जस्ता समस्याका लागि सबै पेपर सप्लायर्स लाई सहि परिमाण र प्रष्ट प्याकेजिंगका लागि पत्राचार गर्ने र त्यसको निरन्तर अनुगमन गर्ने।

३) यून भन्सार मुल्यांकन गरि कागज ल्याउने र  उधोगहरुलाइ पुरै मूल्य लिने तर कम मुल्यमा बिजक जारी गर्ने प्रबृतिलाइ रोक्न संघको अनुगमन बिभाग मार्फत पत्राचार गर्ने,संघको केन्द्रिय टोलि स्थलगत भ्रमण गर्ने र त्यति गर्दा पनि नभएमा कानुनी प्रकृयामा जाने ।

४) संघको सल्लाहकारमा संघका पुर्ब अध्यक्ष दिनेश श्रेष्ठ ,भवनाथ पौडेल र बाबुराम घिमिरे चयन हुनु भएको छ।उधोगी हिरा मानन्धर केन्द्रिय सद्स्यमा मनोनित हुनु भएको छ।

५) उधारो नियन्त्रण का लागि nsemianepal.com वेबसाईट प्रयोग गरि कासैको ऊधारो रहेको ब्यपरिलाई नैतिकताको आधारमा आरू उद्योगीहरूले उधारोमा सामान नबेच्ने ।