काठमाडौ क्षेत्रिय समितिले ९ महिनामा गरेको कामको बिबरण । मिति २०७६।२।२५
१) काठमौ क्षेत्रिय समिति गठन भएको ९ महिनामा ११ बैठक बस्यो भने पहिलो बैठकमा सल्लाहकार नियूक्त गरियो जसमा श्री बिजेन्द्र बिक्रम शाह, श्री हरी कुमार कार्की, टुक नारायण अर्याल र राजेन्द्र बज्राचार्य हुनुहुन्छ ।
२) ब्यबसायीक समस्याहरु समाधान गर्ने उद्धेश्यले ब्याबसयी अभिमुखी करण कार्यक्रम आयोजना गरी ब्याबसायी सदस्यहरुलाई चेतना बृद्धी गराउनका साथै संघ प्रती जागरुक र उत्तरदायी बनाउने निर्णय गरियो । यहि निर्णय अनुसार प्रत्यक बैठकमा छलफल हँुदै गर्दा आगामी जेष्ठ ३२ गते सनिबार कार्यक्रम आयोजना गरिएकाृ छ । उक्त कार्यक्रममा उपश्थिती भैदिनुहुन यसै बैठकबाट सम्पुर्ण केन्द्रिय पदाधिकारी तथा सदस्य ज्यूहरुलाई निमन्त्रणा गर्दछु ।
उक्त कार्यक्रममा हामीले मुख्य ३ उद्देश्य राखेका छौ । प्रथम सम्पुर्ण काठमाडौ क्षेत्र अन्तर्गतका संघमा आबद्ध सदस्यहरुले यस संघको User Name / Password  बितरण गर्ने र वेबसाईड को सिस्टम चलाउन सिकाउने । दास्रो सम्पुर्ण उद्योगीको समस्या पहिचान गरी समाधानको बाटो पहिल्याउने र केन्द्रिय समितिलाई सिफरिस गर्ने । तेस्रो ग्रुप बिभाजन गर्ने र प्रत्यक १ क्षेत्रिय सदस्यले एक ग्रुपको नेतृत्ब गर्ने र प्रत्यक क्षेत्रिय बैठकमा आफ्नो ग्रुपका सदस्यहरुसंग छलफल गरि आफ्नो ग्रुपका समस्या तथा सुझाबहरु प्रश्तुत गर्नुपर्ने र उक्त बिषयहरु बैठकमा छलफल गरिने छ ।
३) काठमाडौ क्षेत्रीय समितीले मिति २०७५ असोज २७ गते दियालो पाटिप्यालेसमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरि सफलता पुर्बक सम्पन्न गर्याे ।
४) गत २०७५ पुष ५ मा आयोजना गरिएको यस संघको राष्ट्रिय अबिधेशनमा केन्द्र द्धारा प्रत्यायोजीत सम्पुर्ण जिम्बेबारी सफलता पूर्वक सम्पन्न गर्याे ।
५) काठमाडौमा रहेका कपिउद्योगहरु जुन दर्ता नभई चलाइरहेका छन र जो संघ संग आबद्ध हुन नचाहाने छन् उनिहरुको खोजी गर्ने कार्यलाई अगाडी बढाइएको छ । यसको लिष्ट तयार भएपछी केन्द्र संग समन्वय गरी कसरी संघमा आबद्ध गराउने निर्णयमा पुग्ने कायक्रम रहेको छ ।
६) संगठन सञ्चालनमा सधै आर्थिक समस्या परिनै रहन्छ । यसलाई केहि हदसम्म समाधान गर्न र संगठनमा आफ्नो दाईत्व महसुस गराउन क्षेत्रका प्रत्यक क्षेत्रीय समिति सदस्य बाट रु १००० मासिक लेबि उठाउने निर्णेय गरियो । जसका कारण बैठनक सञ्चालनमा सहज हुनुका साथै सदस्यहरुमा उल्साह थपिएको मैले महसुस गरेको छु ।
७) कोन्द्रलाई आर्थिक सहयोग गनृै बिषयमा पनि काठमाडौ क्षेत्रिय समितिले सहयोग गर्दै आएको कुरा जानकारी गराउन चाहान्छु ।
८) देशका बिभिन्न क्षेत्र तथा प्रदेशले आयोजना गरको अबिधेशन तथा कार्यक्रमहरुमा प्रतिनिधित्व गर्दै आएको छ ।
९) संघ द्धारा गठन गरीएका बिभिन्न बिभाग र बिभाग अन्तर्गतका सदस्यहरुलाई चिठ्ठी पत्र पठाउने तथा केन्द्रको निर्णेयहरु काठमाडौका प्रत्यक सदस्यको हात हातमा पुर्याउने कार्य समेत सम्पन्न गरिएको छ ।
१०) देशको बदलिदो परिश्थितीमा सरकारले उद्योग सम्बन्धी बिभिन्न नियम कानुन बनाउदै परिमार्जन गर्दै अगाडी बडी रहेको सबैमा बिदितै छ । जस्तै श्रम ऐन, कर्मचारी ऐन स्वास्थ बिमा साथै कर सम्बन्धी कुराहरु रहेका छन् । यस बिषयमा ब्याबसायीकलाई सहज तरिकाले अगाडी बड्न सुबिधाजनक तरिकाले जानकारी दिनुपर्ने आजको प्रमुख समस्या हो जस्तो मलाई लागेकोछ । यसै सन्धर्बमा आजको यस बैठाकले सबैको पहुच पुग्ने र ब्याबसायीलाई कुनै बाधा नपर्नृृे गरी कारोबार गर्ने ब्यबस्था मिलाउन सम्पुर्ण कानुनी ज्ञान दिन जरुरी रहेको ले यस बारेमा यो बैठकले छुट्टै निर्णय गरोस भन्ने हाम्रो चाहना छ ।


धन्यबाद !!!